नियम १२
रुग्ण उद्योग पुनरुत्थान सम्बन्धी प्रस्ताव पेश गर्नु पर्ने
: (१) पुनरुत्थान हुन चाहने रुग्ण उद्योगले रुग्ण उद्योग पुनरुत्थान कोषको सचिवालयमा समितिले तोकेको ढाँचामा प्रस्ताव पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त हुने प्रस्ताव उपर प्राविधिक समितिले आवश्यक अध्ययन, छानबीन, विश्लेषण तथा मूल्याङ्कन गर्नेछ ।
(३) उपनियम (२) बमोजिम अध्ययन, छानबिन, विश्लेषण तथा मूल्याङ्कनबाट देखिएका यथार्थ विवरण र आफ्नो सिफारिस सहितको प्रतिवेदन प्राविधिक समितिले समितिमा पेश गर्नु पर्नेछ ।